नैतिक भ्रष्टाचार निम्त्याउने भन्दै तालिवान सरकारद्वारा सांगितिक बाध्ययन्त्रहरु जफत गरी नष्ट

डेली न्युजराप्ती       १६ श्रावण २०८० ११:०८ मा प्रकाशित     97 No Comments

काठमाडाैँ । अफगानिस्तानमा तालीवान सरकारले सर्वसाधारणबाट सांगितिक बाध्ययन्त्रहरु जफत गरी जलाएको छ । बाध्ययन्त्रले नैतिक भ्रष्टाचार निम्त्याउने भन्दै तालीवानले देशका विभिन्न क्षेत्र र बिशेषगरी विवाहस्थलमा बजाउने गरिएका बाध्ययन्त्र जफत गरी जलाएको हो । दुई वर्ष अघि सत्ता कब्जा गरेपछि सार्वजनिक रुपमा गीत संगीत बजाउन रोक लगाएको तालिवान सरकारले बाध्ययन्त्रहरु जलाउँदा संगीत प्रेमीहरुले बिरोध गरेका छन् ।
अफगानिस्तानको नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक अहमद सरमस्तले तालीवानको कदम सांस्कृतिक नरसंहार भनेका छन् । सर्वसाधारणलाई कलाको स्वतन्त्रताबाट बञ्चित गरिएको पनि उनले बताएका छन् ।
अफगानिस्तानमा ९० को दशकको मध्यदेखि सन् २००१ सम्म तालिवान सत्तामा रहदा सबै प्रकारका संगीतलाई सामाजिक जमघट, टिभी, र रेडियोमा प्रतिबन्ध लगाइएको थियो । तालिवान सत्तामा आएपछि त्यहाँका प्रख्यात संगीतप्रेमीहरुले देश छोडेका थिए भने केही संगीतकर्मीहरुमाथि कुटपीट गरिएको थियो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार