युवा संगठन नेपाल दाङ द्वारा जन भेटघाट तथा छलफल

डेली न्युजराप्ती       १७ पुष २०७८ १७:२६ मा प्रकाशित     565 No Comments


घोराही,पौष १७। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले जनमतसंग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियानलाई तीब्रता दिएको छ।संगठनले अभियान विस्तारकै क्रममा घोराही उपमहानगरपालिका- ७ सौडियारमा शनिबार व्यापक जन भेटघाट तथा छलफल गरेको हो ।
जन भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका संगठनका दाङ जिल्ला सचिवालय सदस्य एवम घोराही उपमहानगरका अध्यक्ष पदम चन्दले अभियानको बारेमा बृफिङ गर्दै पार्टीले लिएको कार्यनीतिक एजेन्डा जनमतसंग्रहका बारेमा प्रष्ट पारेका थिए। उनले वैज्ञानिक समाजवादको विषेशताहरु प्रष्टाउदै वैज्ञानिक समाजवादि राज्यव्यवस्था स्थापना भएमा देशको राजनैतिक,सामाजिक,आर्थिक,सांस्कृतिक लगाएत तमाम समस्याहरु समाधान हुने बताएका थिए।

कार्यक्रममा सहिद परिवार, महिला,थारु, किसान मजदुरहरुको सहभागीता रहेको थियो।
नेकपा घोराही उपमहानगर ५ का सेक्रेटरी विष्णु चौधरीको अध्यक्षता एवं युवा संगठन नेपाल दाङका जिल्ला सचिवालय सदस्य तथा घोराही उपमहानगरका अध्यक्ष पदम चन्दको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा थारू राष्ट्रिय मुक्ति मोर्चाका घोराही उपमहानगर सचिव किरण चौधरीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेकपा घोराही उपमहानगर १५ का वडा संयोजक समीर डांगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार