संवैधानिक परिषद्को बैठक बस्दै

डेली न्युजराप्ती       १६ श्रावण २०८० ११:०९ मा प्रकाशित     116 No Comments

काठमाडाैँ । संवैधानिक परिषद्को बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ । बैठकले नयाँ प्रधानन्यायाधिश नियुक्तीको सिफारिस गने बताईएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।
आज बस्ने परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने छ । श्रेष्ठ वरीयताक्रममा अगाडि छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार