एमसीसी कार्यान्वयन भए ०५२ साल दोहोरिने विप्लवको चेतावनी

डेली न्युजराप्ती       १४ भाद्र २०८० ०८:०३ मा प्रकाशित     113 No Comments

शोभराज बराल
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी खारेज नभए २०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेजको माग गर्दै काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।

आगोको झिल्कालाई सानो भनेर हेपियो भने यसले डढेलोको रुप लिने भन्दै विप्लवले एमसीसी कार्यान्वयन गर्ने चेष्ट नगर्न सबैलाई अपिल गरे । ‘जनताको तागत कस्तो हुन्छ भनेर कांग्रेसले बुझे हुन्छ, एमालेले बुझे हुन्छ ।’, सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘२०४९/५० सालमा जनताको झिल्कोलाई अवमूल्यन गर्दा २०५२ साल जन्मियो। अहिले एमसीसी कार्यान्वयन गर्न खोजे फेरी २०५२ साल जिन्मन सक्छ ।’

महासचिव विप्लव सीले एमसीसी नेपाली जनताले अनुमोदन नगरेको बताउदै एमसीसी नेपालको विकासको लागि नभई विनासको लागि भित्रिएको ठोकुवा गरे । ‘नेपालको संसदमा देशको रक्षा गर्नका लागि जनताले पठाएका हुन् । तर जनताका प्रतिनिधि देश बेच्ने सम्झौता गर्न थाले ।’, विप्लवले भने, ‘यो संसदप्रति हाम्रो समर्थन त छैन, तर जनताका प्रतिनिधि भएपछि उनीहरुले जनताको पक्षमा काम गर्नुपर्ने हो ।’

नेपाली जनताको प्रतिनिधि जिउँदा नभएको भन्दै देशको पक्षमा, राष्ट्रको पक्षमा उभिएका व्यक्तिले आफू जिवित भएको प्रमाणित गर्नुपर्ने बेला भएको बताए । कोणसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कञ्चन, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, पूर्व सुरक्षा परिषदका प्रवक्ता हेमसंकर गिरी, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र विद्रोही मशालका नेता चिन्तामणी पोखरेलले सम्बोधन गरेका थिए ।

कोणसभाको संचालन नेकपा पोलिटब्युरो सदस्य माइला लामाले गरेका थिए । सभालाई सम्बोधन गर्ने सबै वक्ताले एमसीसी कार्यान्वयन गर्न नदिने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार