विप्लवका युवा अध्यक्ष पाटनले भने ‘प्राकृतिक स्रोत साधनहरुको रक्षा र प्रबर्द्धन गर्नु हाम्रो दायित्व हो’

डेली न्युजराप्ती       ३१ भाद्र २०८० २२:१० मा प्रकाशित     372 No Comments

हेमन्त प्रकाश वली , भदौ ३१ , तुलसीपुर । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले प्राकृतिक स्रोत साधनहरुको रक्षा र प्रबर्द्धन गर्नु हाम्रो दायित्व भएको बताएका छन् ।

नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका अध्यक्ष पाटन सीले संगठनको उपत्यका ब्युरोद्वारा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा मन्तव्य राख्दै उक्त कुरा बताएका हुन् ।

बृक्षारोपण कार्यक्रमको उद्घाटनमा मन्तव्य राख्दै नेता पाटनले भने– ‘प्राकृतिक श्रोत साधनहरुको रक्षा र प्रबर्द्धन गर्नु हाम्रो प्रमुख दायित्व हो । आज विश्व पुजीवादले प्रकृतिको चरम दोहन गरेको छ र यो सिंगै मानव समाजका लागि अभिसाप हुँदैछ । पृथ्वीमा अवस्थित जिबित प्राणीहरुको अस्तित्व त्यतिबेला मात्र सम्भव छ जति बेला सम्म जल र जंगल रहन्छ अन्यथा मानवको रक्षा हुने असम्भव छ । त्यसैले हाम्रो संगठनले प्रकृतिको रक्षाका लागि हर प्रयास गर्नेछ । यो कार्यमा आम युवा, बिध्यार्थी तथा सचेत नागरिकहरु अग्रपंक्तिमा आउन अपिल गर्दछु।’

वृक्षारोपण कार्यक्रममा संगठनका आयोजक समितिका कार्यालय सदस्य क. तिलक सी , उपत्यका ब्युरो इन्चार्ज अनिल सी र उल्लेख्य मात्रामा संगठनका विभिन्न तहका सदस्यहरु सहभागी भएका थिए ।

युवा संगठन नेपाल केन्द्रिय समितिको सातौं पुर्ण बैठक  २०८० भाद्र १९ र २० गते पाँचौ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो । बैठकले दुरगामी महत्त्वका बिषयहरु र आम जनता तथा युवाहरुको समस्याहरुलाई बिशेष महत्त्वका साथ छलफल तथा निर्णय गरेको जनाइएको छ ।

संगठनको सातौं पुर्ण बैठकले समग्र राजनितिक बिषय , संगठनात्मक बिषय , संघर्ष र आर्थिक  बिषयहरुमा महत्वपूर्ण  छलफल तथा दीर्घकालिन महत्त्वका निर्णयहरु गरेको थियो । बैठकले निर्णयहरुलाई देशैभरी एकरुपताक साथ लागु गर्न चरणबद्ध तथा ब्यवस्थित योजनाहरु तर्जुमा गरेको छ । जसअनुसार २०८० भाद्र ३० गते देशका सामुदायिक  वन , सरकारी वन , सरकारी संघ/संस्थानहरुलाई लक्षित गरि जडिबुटी , फलफुल तथा अन्य बिरुवाहरु रोपाइ कार्य सम्पन्न गरेको छ ।

यस्तै संगठनको सातौं बैठकले  भाद्र ३१ गते संगठनको उपत्यका ब्युरोद्वारा आयोजना गरिएको वृक्षरोपण कार्यमा पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगली सी र पार्टी केन्द्रिय सदस्य तथा काठमाडौ १ का इन्चार्ज क. भृकुटी सीले संयुक्त रुपमा वृक्षरोपणको उद्घाटन गर्नु भएको छ । काठमाडौको भृकुटीमण्डप नजिकै रहेको वाल्मीकि बिधापिठ स्कुलको खाली जमिनमा थुप्रै फलफूल तथा अन्य बिरुवाहरु रोपाइ कार्य सम्पन्न गरिएको संगठनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार