समाजवादी मोर्चा नेपालको सन्देश सभा कैलालीमा हुँदै,प्रचण्ड-विप्लव सहितका शिर्ष नेताले सम्बोधन गर्ने

डेली न्युजराप्ती       २९ आश्विन २०८० १०:५६ मा प्रकाशित     220 No Comments

कैलाली: नेपाल कम्युनिष्ट पार्टीसहित चार दल सम्बद्ध समाजवादी मोर्चाको प्रदेश स्तरिय सन्देश सभा सोमबार धनगढीमा हुँदैछ । धनगढी स्थित सौराही पार्टी प्यालेसमा सन्देश सभाको आयोजना गरिएको र तयारी पूरा भएको मोर्चाले जनाएको छ । गत भदौ १३ गतेका लागि तय गरिएको सन्देश सभा सोही दिन भएको एमसीसीको कार्यान्वयन सम्झौताको विवादले स्थगित भएको थियो ।सन्देश सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव विप्लव सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम छ ।सन्देश सभामा सम्वोधन गर्न नेकपाका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई राहत वितरण गरेर आइतबार साझँ नै धनगढी पुगिसकेका छन् । समाजवादी मोर्चाको प्रदेश स्तरिय सन्देश सभाहरु यसअघि नै अरु प्रदेशमा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार