३१ महिनापछि रिहा भए ताप्लेजुङका शिक्षक चन्द्र बस्नेत

डेली न्युजराप्ती       ३२ असार २०७९ ०६:४६ मा प्रकाशित     272 No Comments


असार ३२,ताप्लेजुङ। तत्कालीन ओलि सरकारले नेपाल कम्युनिस्ट पार्टी माथी प्रतिवन्ध लगाएको बेला गिरफ्तार भइ जेलमा रहनुभएका निकुवाखोला गाउपालिका वडा नं. २ ताप्लेजुङ निवासी शिक्षक चन्द्र बहादुर वस्नेत शुक्रवार रिहा भएका छन।
२०७६साल पौसमा आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरि हातहतियार तथा बिस्फोटक मुद्दामा जिल्ला अदालत ताप्लेजुङले ६ बर्ष कैद सुनाए पछि जेलमा रहनु भएका बस्नेतलाई विहिबार उच्च अदालत इलामले रिहा गर्न आदेश दिएको हो।

नेपाल कम्युनिस्ट पार्टीले भ्रस्टाचार र रास्ट्राघात विरुद्ध जनसंघर्स अगाडि बढाइ रहेको बेला चर्चित एनसेल प्रकरण विरुद्ध ललितपुरको एक टावरमाथी भएको बिस्फोटपछि ओलि सरकारले नेकपा माथी २०७५ फाल्गुन २८ गते प्रतिबन्ध लगाएको थियोे भने कुनै दलमाथी यसरी प्रतिवन्ध लगाउन मिल्ने कानुनी र संबैधानिक प्रावधान नभएपछि र प्रतिबन्धको चौतर्फी बिरोध भएपछि सरकारले नेकपा माथी प्रतिबन्ध नलागाएको तर उसका गतिविधि माथी मात्रै कानुनी कार्वाही गर्ने निर्णय गरेको स्पस्टिकरण दिएको थियो। प्रतिबन्ध को क्रममा १२ जनाले ज्यान गुमाएका थिए भने नेकपाका सयौ नेताकार्यकर्ताहरुलाई विभिन्न मुद्दाहरु लगाउने र अनुसन्धानको नाममा महिनौ हिरासत राख्ने गरिएको थियो।
झन्डै ३१ महिना पछि रिहा भएका बस्नेतलाई नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले पार्टी कार्यालयमा स्वागत गरेको छ भने बस्नेतको मुद्दामा अधिवक्ता कृष्ण श्रेष्ठले बहस गरेको कुरा ताप्लेजुङ स्थिति नेकपा सेक्रेटरी असल पन्दाक लिम्बुले हामिलाई जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार