पौष २० , काठमाडौं । अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव ललित सीले पुरानो मूल्य मान्यतामा नभइ नयाँ ढंगले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने धारणा राख्नुभएको छ ।
आज काठमाडौको रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित स्व.वि.यु. निर्वाचन बिशेष प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता ललित उक्त धारणा व्यक्त गर्नुभएको हो ।
अखिल(क्रान्तिकारी) बागमती प्रदेशद्वारा आयोजित स्ववियु बिशेष प्रशिक्षणमा बोल्दै नेता ललित भन्नुभयो – ‘ अबको स्ववियु पुरानो मूल्य मान्यतामा होइन नयाँ ढंगले हुनुपर्छ । त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनुपर्छ साथै निर्वाचन प्रणाली पुर्ण समानुपातिक हुनुपर्छ । मुद्दा र एजेन्डाका हिसाबले अबको स्ववियु जस्तो फोरमले यो शिक्षा प्रणालीलाई बदल्ने गरि कामकाज अघि बढाउनुपर्ने हुन्छ ।’
एक अर्को प्रसंगमा बोल्दै नेता ललितले बिद्यार्थी आन्दोलन सिंहदरबारभित्र छिरेको बताउनुभएको थियो ।
स्ववियु निर्वाचन जित्ने मन्त्रीका पिए बन्ने , ठेक्कापट्टा गर्ने , भ्रष्टाचार ,अनियमितता र कमिसन खाने ठाउमा संस्थागत ढंगले केही संसदवादी दलका बिद्यार्थी नेताहरूले पुर्याएको उहाँको ठम्याइ रहेको छ ।
पुरानो चरित्र बोकेको स्ववियु चाहिएन , उहाँले थप्नुभयो‘ राजनीतिक आन्दोलनलाई जोड्दै शैक्षिक आन्दोलनलाई अघि बढाउने अबको स्ववियुको एजेन्डा हुनुपर्छ ।’
एक फरक प्रसंगमा बोल्दै नेता ललित सीले भने – ‘बालेनको फर्माण हामी मान्दैनौं । भर्खरै काठमाडौंका मेयर बालेनले बिज्ञप्ति निकालेका रहेछन , कोहि बिधालय प्रवेश गर्दा अनुमती लिनुपर्ने । त्यो बिज्ञप्ति हामीप्रती लक्षित छ । बालेनलाई थाहा छ काठमाडौका विभिन्न कलेजहरुमा किन बिद्यार्थीहरुले आत्महत्या गरिरहेका छन?किन मनोमानी शुल्क लिइरहेका छन त्यो खोज्नु पर्दैन?छात्रामाथी किन दुर्व्यवहार र यौन हिंसा भइरहेका छन ? बालेनले यी सबै तथ्य खोजिरहेका छैनन् , उनले जारी गरेको कागजी फर्माण मानिदैन् ।’
अहिलेको शिक्षा प्रणालीले बिद्यार्थीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै नेता ललितले यो शिक्षा पद्धतिलाई बदलेर वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नुपर्ने धारणा समेत राख्नुभएको हो ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन बिश्वबिद्धालयका इन्चार्ज अनिल सीको स्वागत मन्तव्यबाट सुरु भएको बिशेष प्रशिक्षण कार्यक्रममा नेकपाका पोलिट्ब्युरो सदस्य एवम अखिल(क्रान्तिकारी)का फ्र्याक्सन इन्चार्ज चिरन पुन (मिलन)को प्रमुख आतिथ्य रहेको थियो भने अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी र केन्द्रीय महासचिव ललित सीको आतिथ्य रहेको थियो ।
अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज प्रकाश सीले संचालन गरेको बिशेष प्रशिक्षण कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.