पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म ७८ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् ।
रूकुम ३० जना र जाजरकोटमा ४८ जना गरी ७८ जनाको मृत्यु भएको बुझिएको छ । भुकम्पमा पर्ने घाइतेहरुको राहत र उद्वारमा जुट्न नेकपाका महासचिव विप्लवले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।हिजो राति गएको शक्तिशाली भुकम्पमा परी पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा ठुलो जनधनको क्षति समेत पुर्याएको छ । मुख्यतः जाजरकोट र रुकुममा भएको क्षति र उद्वारका लागि छलफल गर्न नेकपाले काठमाडौंमा उपलब्ध स्थायी, पिविएम र केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक राखेको छ । बिहान ८ बजे पार्टी कार्यलय बुद्धनगरमा छलफल राखिएको नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.