काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुुरु हुँदैछ । बैठकमा नेपालमा उत्पादन भएका वस्तुको निर्यात र व्यापारमा सहजीकरणको एजेण्डा नेपालले राख्दैछ । नेपाल–भारत वाणिज्य र पारवहन सन्धिको पुनरावलोकन सम्मका विषय पनि बैठकमा उठाउने तयारी नेपाली पक्षको छ ।
भारतले गुणस्तर चिह्नको कारण देखाउँदै नेपाली वस्तुको निर्यातमा अवरोध गरिरहेको विषय उठाउन नीजि क्षेत्रले सरकारलाई सुझाव दिएका छन् । भारतको अवरोधले सिमेन्ट, जुत्ता, सेनेटरी प्याड जस्ता वस्तुको निर्यातमा समस्या देखिएको छ । उता भारतीय पक्षले भारतमा उत्पादन भएको दुग्ध पदार्थको सहज प्रवेश दिन माग गरेको छ । तेस्रो देश निर्यातका लागि धान्द्रा र मुन्द्रा बन्दरगाहको पनि पहुँच दिन माग पनि नीजि क्षेत्रको छ । व्यवसायीहरुले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्याउने विषय उठाउन सुझाव दिएका छन ।
नेपालले ६४ प्रतिशत बस्तु भारत बाट आयात गर्छ भने ६८ प्रतिशत भन्दा बढी वस्तु निर्यात गर्दै आएको छ । चार वर्ष अघि कोभिड महामारीका बेला आई.जी.सी.को भर्चुअल बैठक बसेको थियो । ६–६ महिनामा यो बैठक बस्न सक्ने व्यवस्था छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.