शोभराज बराल
काठमाडौं – जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेका बुवा टेकलाल डुम्रेको निधनप्रति नेकपा महासचिव विप्लव सीले दुःख व्यक्त गरेका छन् । सोमबार शोक वक्तव्य जारी गर्दै नेकपा महासचिव विप्लले बुवाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘जनपत्रकार सङ्गठन नेपालका पूर्वअध्यक्ष, हाम्रो पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य क. प्रकाश सीका बुवा टेकलाल डुम्रेको ७५ वर्षको उमेरमा आज विहान निधन भएको छ । वालिङ नगरपालिका १२ स्याङ्जामा जन्मिनुभएका उहाँको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’, वक्तव्यमार्फत विप्लवले भनेका छन्, ‘दुःखको घडीमा मृतक बुवाप्रति हार्हिक श्रद्धाञ्जली व्यक्त गर्दै क. प्रकाश र उहाँको परिवारजनप्रति समवेदन प्रकट गर्दछौं ।’
उनको आज विहान २ बजे निमोनियाँको उपचार गर्दैगर्दा मृत्युभएको थियो । डुम्रेका ५ छोरी र ३ छोरा रहेका छन् । प्रकाश डुम्रे उनका कान्छो छोरा हुन् । उनले लामो समय भारतमा बसेर समाजसेवा गरेका थिए । नेपाल फर्किएपछि पनि उनी निरन्तर समाजसेवामा क्रियाशिल थिए । उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, विभिन्न उपभोक्ता समितिमा रहेर समाज सुधारका थुप्रै काम गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.