विष्णु विश्वकर्मा
कपिलवस्तु । महान सहिद विरजङ्गका जेष्ठ सुपुत्र नेकपा महासचिव विप्लवका भतिज एवम् नेकपाका युवा नेता बियस चन्दको सम्झनामा नेकपा जिल्ला कमिटी कपिलवस्तुले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
नेकपा नेता चन्दको गत जेठ १२ गते काठमाडौँको टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।
आज नेकपा कपिलवस्तुद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपाका महासचिव विप्लवले चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताए । यसैगरी चन्द परिवारको लगातार भएको पारिवारिक घटनाले पनि पार्टीमा ठूलो क्षति पुगेको बताए ।
पार्टीको काम कर्तव्य, पार्टीको आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै महासचिव विप्लवले भने, ‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’
श्रद्धाञ्जली सभा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता, संगम सीको अध्यक्षता तथा पाबेल सीको संचालनमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभा कार्यक्रममा चन्द परिवार तथा नेकपाका केन्द्रिय सदस्य लगायत अन्य नेता कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.