तुलसीपुरमा नेकपा प्रवेशको लहर , नेता विषमले भने‘ अब देशको उद्दार र रक्षा गर्ने नेकपाले हो’

डेली न्युजराप्ती       २८ जेष्ठ २०८१ २३:२२ मा प्रकाशित     239 No Comments

हेमन्त प्रकाश वली ।
जेठ २८ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सी (विषम)ले अब देशको उद्दार र रक्षा नेकपाले गर्ने बताउनुभएको छ ।
सोमबार नेकपा दाङले तुलसीपुरमा ३ नं. क्षेत्रको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विषमले उक्त कुरा बताउनुभएको हो ।

पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेता विषमले भन्नुभयो– ‘ यो देशका दलालहरुले मुलुक सिध्याउन लागिसकेका छन् । यो देशको रक्षा अब यी संसदवादी दलालहरुबाट कदापी हुँदैन । अब यो देशको उद्दार र रक्षा गर्ने महान दायित्व नेकपाको हो । हामी कुनैपनी हालतमा यो देशलाई बिदेशीको हातमा सुम्पिन दिदैनौँ । आफ्नै पौरख र श्रमले यो मुलुकलाई आत्मनिर्भर , स्वाधिन र समृद्धि बनाउछौँ।’

सबै प्रकारका क्रान्तीको रुप एकीकृत जनक्रान्ती हो ।’, प्रशिक्षणमा बोल्दै उहाँले भन्नुभयो , ‘ एकीकृत जनक्रान्ती भनेको सबै प्रकारका क्रान्तिको रुप हो । जनयुद्ध , जनविद्रोह विभिन्न किसिमका असफल वा सफल क्रान्तिका मोडेलहरुको कार्यदिशा सबै यसैमा छ । यो जनयुद्ध पनि होइन तर यसमा जनयुद्ध पनि छ । शान्तिपुर्णसंघर्ष पनि छ कानुनी संघर्ष पनि छ । जुनबेला जे आवश्यक पर्छ त्यहि प्रयोग गर्ने हो । हामिले विकास गरेको क्रान्तिको कार्यदिशा नेपाली बिशेषता पकडेको मौलिक कार्यदिशा हो । यसले नेपालको दलाल पुजीवादी राज्यसत्ता अन्त्य गरि नेपालमा समाजवादी राज्यव्यवस्थाको स्थापना गर्दछ ।’

मान्छेहरु अन्धाले हात्ती छामेजस्तो गरिरहेका छन् , उहाँले थप भन्नुभयो , ‘ हामीलाई नबुझेर मान्छेहरु आरोप लगाइरहेका छन् त्यो कुरा सत्य होइन । केही मान्छेहरुले नेकपा र एकीकृत जनक्रान्ती बुझेका छैनन् । अन्धाले हात्ती छामेजस्तो गरिरहेका छन् । हामी हाम्रो तरिकाले लडिरहेका छौँ । अहिले नेपालको दलाल पुजीवाद र साम्राज्यवादलाई कसरी परास्त गर्न सकिन्छ भनेर नयाँ संस्लेसन गरेका छौँ । हामिले भनेका छौँ कि चुनावलाई परम्परागत ढंगले हेर्नुहुदैँन । चुनावपनि एकीकृत जनक्रान्तीको मोर्चा बन्न सक्छ । आगामी चुनावलाई नेकपाले संघर्षको मोर्चा बनाएर देशव्यापी प्रयोग गर्छ । संसदीय व्यवस्थाको भण्डाफोर गर्न र समाजवादको प्रचारप्रसार गर्न ०८४ को निर्वाचनलाई प्रयोग गर्ने नीति बनाएका छौँ ।’

नेता विषमले अहिले नेकपाको पहिचान समाजवाद भएको बताउनुभयो ।
अहिले नेकपाको पहिचान समाजवाद हो।’, प्रशिक्षणमा बोल्दै उहाँले भन्नुभयो , ‘ समाजवाद ल्याउने हो भने अहिलेको यो दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । अघिल्लो सत्ताको कोखबाट पछिल्लो सत्ता जन्मन्छ । त्यसैले दलाल पुजीवादीको कोखबाट एकदिन अवश्य समाजवाद जन्मछ तर जन्मिन्छ भनेर सचेत प्रयत्न गरिएन भने त्यो सत्ता धेरै ढिला आउन सक्छ । नेकपाले समाजवादका लागि क्रान्तिको सचेत प्रयत्न गरिरहेको छ त्यसका लागि हामिले एकीकृत जनक्रान्ती चलाइरहेका छौँ ।’

हाम्रो पार्टीले क्रान्तिको दियो बालेर आएको हो ।’, नेता विषमले थप्नुभयो , ‘ हामिले प्रचण्ड बाबुरामसंग बिद्रोह गर्दा आम कार्यकर्ताले हामिलाई पद नपाएर नेता बन्नलाई पार्टी फुटाएको भन्दै फुटवादीको आरोप लगाए तर हामी जनताको बिचमा काँध थापेर गयौं । नयाँ शंस्लेसनसहित जनतामा गएका हौं । हामिलाई प्रतिबन्ध लगाइयो तर हामी झुकेनौँ । जनताका बिचमा हाम्रा विरुद्ध अनेकौं षड्यन्त्र भए तर ती सबै झुठा सावित भए अन्ततः जनताले हाम्रो बिद्रोहलाई स्वीकृत गरिदिए , हामी सफल भयौं । अहिले नेकपा वैकल्पिक धारको रुपमा उभिएको छ । बजारका नक्कली कम्युनिस्टहरुलाई जनताले पहिचान गरेका छन् । दर्शनलाई जीवन व्यवहारमा लागू गरेको हाम्रो पार्टीप्रती जनताको अगाध बिश्वास छ ।’

समाजवादलाई फराकिलो ढंगले बहसमा ल्याउनुपर्दछ , उहाँले भन्नुभयो , ‘ काँग्रेसको प्रजातान्त्रिक समाजवाद के हो ? विपिले त्यतिबेला भनेजस्तो एक हल गोरु , एउटा दुहुनो भैंसी , एउटा घर मात्रैले आज पुग्दैन त्यसका विकास गर्नुपर्दछ । आजको आवश्यकता प्रत्येक नागरिकलाई गाँस , वास , कपास , शिक्षा , स्वास्थ्य , मनोरञ्जनको ग्यारेन्टी राज्यले गर्नुपर्दछ । नेपालमा समाजवाद नभन्ने कुनै पार्टी नै छैनन् तर त्यसको ठोस र मुर्त रुप दिन सकेका छैनन् । हामिले दलाल पुजीवादको विकल्पमा नेपाली बिशेषताको समाजवाद प्रस्ताव गरेका छौँ । यो नै अहिलेको राजनीतिक , आर्थिक , सामाजिक एवम सांस्कृतिक संकटको निकास हो । समाजवादले हरेक नागरिकको न्युनतम आवश्यकता पूरा गरिदिन्छ ।’

दलाल पुजीवादबाट वैज्ञानिक समाजवादमा पुग्ने पहिलो स्टेप नेपाली बिशेषताको समाजवाद भएको नेता बिषमको भनाइ थियो ।

पुजीवादले असमानता बढाउछ भने समाजवादले समानता दिन्छ ।’, नेता विषमले भने , ‘ समाजवादले हरेक मान्छेको न्युनतम आवश्यकता पूरा गरिदिन्छ । समाजवाद सामुहिक व्यवस्था हो तर व्यक्तीका नितान्त निजित्वको पनि अधिकार सुरक्षीत हुन्छ ।’

नेता विषमले साम्राज्यवाद कम्युनिस्टहरुका विरुद्धमा नयाँ ढंगले आइरहेकाले त्यसका विरुद्ध सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको एकता , ध्रुवीकरण र सहकार्य अनिवार्य रहेको बताउनुभएको थियो ।

उहाँले पार्टीको केन्द्रीय समितिको बैठकले साम्राज्यवादका विरुद्ध लडाइँका सबै मोर्चाहरु खुल्ला गरेर जाने निर्णय गरेको समेत बताउनुभएको हो ।

माओवादी धाराका बिचमा एकता अपरिहार्य भएको भन्दै इमानदार माओवादी नेताकार्यकर्तालाई गहिरो समिक्षा सहित माओवादी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्न पहल लिनुपर्ने समेत बताउनुभयो ।

यस्तै पार्टी प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ १ नं. क्षेत्र इन्चार्ज बिक्रम सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. क्षेत्र इन्चार्ज पाटन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ ३ नं. क्षेत्र इन्चार्ज प्रदीप सी , पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी लगाएतले प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पार्टीको ३ नं. क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिव ४२ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका उदय वली सहित ४२ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

नेकपा प्रवेश गर्नेहरुमा तुलसीपुर -९ का नेपाली कांग्रेसका कृयासिल सदस्य उदय वली सहित मोहन सुनारको नेतृत्वमा तुलसीपुर -७ बाट २१ जना , तुलसीपुर -४ बाट ८ जना , तुलसीपुर – ५ बाट ४ जना , तुलसीपुर -९ बाट २ जना , तुलसीपुर – ३ बाट १ जना , तुलसीपुर – १८ बाट १ जना तुलसीपुर – २ बाट १ जना , तुलसीपुर -१९ बाट ३ जना र दंगिशरण -४ बाट १ जना गरि ४२ जनाले विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरु अधिकांश नेपाली कांग्रेस , एमाले र माओवादी केन्द्रका नेताकार्यकर्ता एवम समर्थक रहेको नेकपाले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ १ नं. क्षेत्र इन्चार्ज बिक्रम सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. क्षेत्र इन्चार्ज पाटन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ ३ नं. क्षेत्र इन्चार्ज प्रदीप सी , पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विकाश सी , अखिल ( समाजवादी )का लुम्बिनी प्रदेश इन्चार्ज मदन सी , पार्टीका जिल्ला सल्लाहकारहरु शुरेस सी , दोवाराम सी , मेघराज सी , वंशिधर सी , एकीकृत जनक्रान्तीका सहिद परिवार मालती सी , युवा संगठन नेपालका केन्द्रीय सचिव अनिल सी , युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जिवनी सी लगाएतको आतिथ्यता रहेको थियो ।

नेकपा शान्तिनगरका इन्चार्ज जनक सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य निर्मल सीले गर्नुभएको हो ।

पार्टीको राजनीतिक एवम विचारधारात्मक प्रशिक्षण कार्यक्रममा पार्टी निकट सामना परिवारका कलाकारले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार