असार २७, दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा-बिद्यार्थी संगठनले घोराहीमा ४०० बिरुवा रोपेका छन् ।
बिहीवार पार्टी निकट युवा संगठन नेपाल दाङ र अखिल (समाजवादी)ले संयुक्त रुपमा पार्टीको योजनामा बिरुवा रोपिएको बिद्यार्थी संगठनका जिल्ला इन्चार्ज खुमन सीले बताउनुभयो ।
पार्टीले घोराहीमा सञ्चालन गरेको सी बहुउद्देश्यीय कृषी फर्ममा फलफुल र जडिबुटीजन्य करिव ४०० बिरुवाहरु रोपन गरिएको अखिल (समाजवादी) दाङका संयोजक खुम सीले बताउनुभएको हो ।
आँपका करिव १०० बिरुवा , लिची १०० , अमला ५०
सीतल चिनी ५० , सुगन्ध कोकिला ५० र धूपी सल्ला ५० गरि ४०० बिरुवा रोपिएको जनाइएको छ ।
पर्यावरणीय वातावरणको संरक्षण र रक्षा गर्दै सिंगो मानव जातीलाई स्वस्थ बनाउने उद्देश्य सहित बृक्षारोपण गरिएको युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज पदम सीले डेलिन्युजराप्तीलाई बताउनुभएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.