नेकपा दाङद्वारा कमरेड पदम बहादुर डाँगीको निधनप्रती श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       ५ मंसिर २०८१ २०:१४ मा प्रकाशित     107 No Comments

मंसिर ५,दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका वडा कमिटी सदस्य पदम बहादुर डाँगीप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टीले बुधबार मृतक डाँगिको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै डाँगिप्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको हो ।

श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले जन्मपछि मृत्युु अनिवार्य सर्त भएकाले यसलाई वैज्ञानिक दृष्टिकोणले बुझ्नुपर्ने बताए ।

‘कमरेड पदमले आफ्नो जिवनकालभरी कम्युनिस्ट पार्टीको वकालत गरिरहनुभयो । उहाँ कम्युनिस्ट शासनप्रणाली देख्न चाहानुहुन्थ्यो जो सपना अधुरै रह्यो । हामी क. पदमको जनताको शासन स्थापना गर्ने सपना पूरा गरिछाड्ने महान अभियानमा छौँ । जन्मपछि मृत्यु अनिवार्य हो तर उहाँले जिवनमा अमर हुनेगरि कम्युनिस्ट पार्टीमा , देश र जनताका पक्षमा सधैं अनवरत काम गर्नुभएको हो । हामी सिंगो पार्टीको तर्फबाट कमरेड पदमप्रती श्रद्धाञ्जली व्यक्त गर्दछौं साथै पिडामा रहनुभएका सम्पुर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ,’ उनले भने।

यस्तै श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले क.पदमले समाजका लागि महत्वपूर्ण काम गर्नुभएको मान्छे भएको बताए ।
उनले भने– ‘ उहाँ लामो समयदेखि जनताको पक्षको लडाइमा होमिएको योद्धा हो । गरिबका पक्षमा लड्दालड्दै आफ्नो भौतिक शरिर गुमाएको महान क्रान्तिकारीले योद्धा हो क.पदम बुवा । हामिले उहाँको योगदानलाई कहिलै भुल्नेछैनौँ । उहाँको जनताको शासन व्यवस्था स्थापना गर्ने वा उहाँको समाजवादी व्यवस्थाको चाहना हामी जुनसुकै मूल्य चुकाएर पूरा गर्छौं । हामी उहाँको निधनबाट अत्यन्त दुखित भएका छौँ तर जन्म मृत्युको यथार्थलाई कम्युनिस्टहरुले बुझ्नैपर्दछ । हामी उहाँको स्मृतिमा सधैं कार्यक्रम गर्नेछौँ , उहाँको स्मृतिमा केही काम गरेर देखाउने चाहना छ ।’

नेकपाले पार्टीको नवौं महाधिवेशनवाट पारित गरेको ५ दिने सी संस्कृति अनुसार श्रद्धाञ्जली सभाको आयोजना गरि मृतकप्रती श्रद्धाञ्जली व्यक्त गर्दै स्मरण गरेको हो ।

नेकपा तुलसीपुर-१९ का वडा कमिटी सदस्य पदम बहादुर डाँगीको मंसिर १ गतेका दिन ७५ वर्षको उमेरमा दुखद निधन भएको थियो ।

नेकपा तुलसीपुरको आयोजनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विक्रम सी , पाटन सी , पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्यहरु , पार्टीका जिल्ला समिती , नगर समिती , वडा समिती लगाएतका नेताकार्यकर्ताहरुको आतिथ्यता एवम उपस्थिति रहेको थियो ।

नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको सहजीकरण पार्टीका जिल्ला कार्यालय सदस्य भुवन सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार