काठमाडौँ । फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण बिहिवारदेखी ललितपुरमा सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा सुरु भएको उक्त महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपाल सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवका सहायक निर्देशक पवस मानन्धरका अनुसार यस वर्षको महोत्सवको थिम ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ छ ।
यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ । उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डका लागि प्रतिस्पर्धा हुनेछ ।
निर्देशनसम्बन्धी कार्यशाला पनि हुनेछ । वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव फलदायी हुने विश्वास छ । कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थिति समेत रहने बताइएको छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.