अखिल(क्रान्तिकारी)रुकुम पश्चिमको २८औ जिल्ला सम्मेलन भदौ २३ गते हुने

डेली न्युजराप्ती       ४ श्रावण २०७९ २०:५४ मा प्रकाशित     166 No Comments


साउन ४,रुकुम पश्चिम। अखिल(क्रान्तिकारी) रुकुम पश्चिमले संगठनको २८औ जिल्ला सम्मेलन भदौ २८ गते गर्ने निर्णय गरेको छ।
संगठनको आज खलंगामा बसेको चौथो पुर्ण बैठकले उक्त निर्णय गरेको संगठनका जिल्ला संयोजक धनु वलीले डेलीन्युजराप्तीलाई बताए।

नेकपा रुकुम पश्चिमका सेक्रेटरी चन्द्र बुढाको प्रमुख आतिथ्य तथा पार्टीका जिल्ला कमिटी सदस्य द्वय भाष्कर मल्ल र प्रकाश विकको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो।

बैठकमा प्रमुख अथिति सेक्रेटरी चन्द्र बुढाले एकीकृत जनक्रान्तिमा युवा विद्यार्थीको भुमिका बारेमा महत्त्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।
संगठनका जिल्ला संयोजक धनु वलीको संचालन तथा अध्यक्षतामा बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार