भालुवाङ, २ पुस । दाङको देउखुरीमा स्कार्पियो दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
राप्ती गाउँपालिका ३ बागढड्डीमा स्कार्पियो अनियन्त्रित भई पल्टिदा २ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा लमही नगरपालिका-३ फल्कापुर निवासी वर्ष २२ को गणेश चाैधरी र राप्ती गाउँपालिका-८ पिपरी निवासी वर्ष २१ को बादल चाैधरी रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । सोमबार राती ११: ५५ बजेको समयमा पिपरी देखि लालमटिया जाँदै गरेको भे १ च ४२९९ नम्बरको स्कार्पियो सडक देखि तल खेतमा गएर पल्टिएको हो ।
अत्याधिक मादकपदार्थ सेवन गरि गाडी चलाएको कारण दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते मध्ये गणेश चाैधरीलाई अलि बढी चोट लागेको छ भने चालकलाई केही नभएको प्रहरीले बताएको छ । घाइते दुवैलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.