बिमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुल्ला

डेली न्युजराप्ती       २७ पुष २०८१ १२:३३ मा प्रकाशित     291 No Comments

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन खुलेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । हाल अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकले अध्यक्ष रूपमा काम गरिरहेका छन् ।
प्राधिकरणको अध्यक्षका आकांक्षी बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार