धनगढी/ सुदुरपश्चिमका विभिन्न जिल्लाबाट २ दर्जन व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । मङ्गलबार धनगढीमा आयोजित प्रशिक्षणको क्रममा उनीहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी ‘रणवीर’ ले जानकारी दिएका छन् ।
कार्यक्रममा डोटी जिल्लाबाट नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य एवं उपमेयर प्रेम बहादुर शाह, एमाले प्रदेश समिति सदस्य प्रेमसिंह नेपाली, माओवादी केन्द्र जिल्ला सदस्य मान बहादुर विकसहित प्रकाश थापा मगर, कमल रोकामगर, तारा सिंह रम्तेल र कमल घर्ती प्रवेश गरेका छन् ।
कञ्चनपुरबाट माओवादी केन्द्रिय सल्लाहकार कलबहादुर सार्की, रेडियो शुक्लाफाटाका सञ्चालक देवीदत्त ओझा, माओवादी जिल्ला सदस्य मदनसिंह धामी, थारु समुदायका बडघर कृष्ण चौधरी र चुकी चौधरी लगायत, हरी चौधरी, विक्रम राना, विजय राना, मोहनसिंह बिष्ट र दिनेश बिष्ट नेकपामा समाहित भएका छन् ।
त्यस्तै कैलालीबाट माओवादी केन्द्रका नरेश विक, बाधाराम चौधरी, दुर्केश चौधरी, पूर्व जनमुक्ति सेनाका तारा सिंह, हसिना चौधरी, चुन्नुलाल चौधरी र टिसन भुसाल तथा बैतडीबाट खेमराज भट्ट ‘अग्रीम’ नेकपामा समाहित भएको बताइएको छ ।
पार्टी कार्यकर्ता प्रशिक्षणको क्रममा धनगढी पुगेका नेकपा महासचिव विप्लवले पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.