माघ १४,दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरु र लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यबिच भेटघाट भएको छ ।
सोमबार लुम्बिनी प्रदेश सभा राप्ती देउखुरीमा नेकपाका पोलिटव्युरो सदस्य भेषराज सी सहितका नेताहरु र मुख्यमन्त्री आचार्यबिच भेटघाट भएको हो।
भेटघाटमा नेता भेषराजले मुख्यमन्त्री आचार्यलाई अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ का विभिन्न बस्तीहरु मध्य छरिएर रहेका भेदी , भैथरी , थप्लेना , चावेनेटा , बेलदमार , बोक्से , गाइघाँट , ओखटे , बेलखोला , सुक्वेल लगाएतका करिव १४५ घरधुरीमा बिधुत सञ्चालन हुन नसकी त्यस क्षेत्रका नागरिकहरु अन्धकारमा बसिरहेकाले उक्त स्थानमा बिधुतिकरण तथा सो क्षेत्रमा जाने दोवान चावनेटा हुँदै बेलदमार चावदिप मोटरबाटो समेत अत्यन्त जोखिम र एम्बुलेन्स सम्म चल्ने अवस्था नभएकाले सो क्षेत्रमा खानेपानी , सडक र बिधुतिकरणको लागि आवश्यक बजेट बिनियोजनका लागि आग्रह गर्नुभएको थियो ।
साथै भेटघाटमा नेकपाका नेताहरुले पार्टीले देशलाई आत्मनिर्भरताको दिशामा अघि बढाउन चलाएको कृषि उत्पादनको कार्यलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
मुख्यमन्त्री आचार्यले नेकपाले देशव्यापी चलाएको कृषि उत्पादन कार्यको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभएको थियो ।
भेटघाटमा मुख्यमन्त्री आचार्यले जनताको आवश्यकताको प्रतिनिधित्व गरेर आउनुभएका नेता भेषराजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उहाँले प्रदेश सरकारले शितगंगा -११ का स्थानीयका लागि खानेपानी , सडक र बिधुतिकरणको क्षेत्रमा बजेट बिनियोजन गरिने आश्वासन दिनुभएको हो ।
भेटघाटमा नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य विक्रम सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी , जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वली लगाएतको सहभागिता थियो।
नेता भेषराज संगै नेकपाका नेताहरुले सोमबार नै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (वसन्त) संग समेत भेटघाट गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.