थारु पत्रकार संघको अध्यक्षमा पुन : नविन चौधरी

डेली न्युजराप्ती       ६ चैत्र २०७८ ०८:१६ मा प्रकाशित     322 No Comments


तुलसीपुर, ६ चैत । थारु पत्रकार संघ दाङको अध्यक्षमा नविन चौधरी चयन हुनु भएको छ । शनिबार नेपाल पत्रकार महासंघ दाङको सभाहलमा भएको संघको पाँचौँ अधिबेशनले चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा निता चौधरी र इन्द्रबहादुर चौधरी, सचिबमा सरिता चौधरी, सहसचिबमा एलिजा चौधरी र कोषाध्यक्षमा नगेन्द्र चौधरी चयन हुनु भएको छ ।

सदस्यहरुमा डिला चौधरी, तिर्थराज चौधरी, सुक्रराज चौधरी, श्रृजना चौधरी, बुद्धिबिबस चौधरी, सरिता सरु, आरएम चौधरी, विष्णुकुसुम चौधरी र शालिकराम चौधरी रहनु भएको छ । अधिबेशनको उदघाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार