विश्वकप एसिया क्वालिफायरमा बहाराइनमाथि नेपालको फराकिलो जित

डेली न्युजराप्ती       २८ बैशाख २०८२ १३:३९ मा प्रकाशित     180 No Comments

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपालले दोस्रो खेलमा बहराइनमाथि ९ विकेटको फराकिलो जित निकालेको छ ।

थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले बहराइनलाई पाँच ओभरको खेलमा ४ बल बाँकी रहँदै जित निकालेको हो । बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ दशमलव २ ‌ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले १३ र इन्दु बर्माले ७ रन बनाइन् । वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै बहराइनले एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले एक विकेट लिइन् ।

पहिलो खेल नेपाल र हङकङबीचमा पानी परेका कारण रद्द भएको थियो । खेल नभएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार