हेमन्तप्रकाश वली ।
असार २३,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचिवालय सदस्य शिव सीको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ ।
गएराती हृदयघातका कारण निधन हुनुभएका नेता शिव सीको सोमबार हापुर खोला र बबई दोभान (कोठरीको घाट)मा अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिएको हो।
नेता शिव सीको पार्थिव शरीरमा नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुरका इन्चार्ज प्रदिप सी लगाएत मृतकका परिवार , पार्टीका नेताकार्यकर्ता लगाएतले नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओडाएर सम्मान सहित अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
अन्त्येष्टिमा पार्टीको तर्फबाट अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य सविन सीले दिवंगत पार्टीका नेता शिव एक होनहार , इमानदार , कर्तव्यनिष्ठ , वर्गप्रती वफादार नेता भएको टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभयो – ‘उहाँ महान जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म निर्भरतापुर्वक वर्गप्रति वफादार एक होनहार नेता हो । उहाँको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु थियो । उहाँको समाजवाद प्राप्तिको सपना पूरा गर्न पार्टी प्रतिबद्ध छ । कमरेड शिवको सपना हामी पूरा गर्नेछौं ।’
नेता सविन सीले दिवंगत नेता शिव सीको मृत्यु संस्कार पार्टीले अवलम्बन गरिरहेको सी संस्कार अनुसार गरिने समेत बताउनुभएको हो ।
नेता शिव सीको ५२ वर्षको उमेरमा गएराती ७:५० बजेतिर हृदयघातका कारण अकल्पनीय , असमायिक दुखद निधन भएको हो ।
उहाँकि आमा कृष्णा सुवेदी अखिल नेपाल महिला सँघ दाङका संस्थापक जिल्ला अध्यक्ष (२०३६) हुनुहुन्छ भने उहाँकि जिवनसंगिनि सुमित्रा सुवेदी अखिल नेपाल शिक्षक संगठनको दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।
दिवंगत नेता शिव सीका दुई छोरी छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.