नेता शिव सीको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ: नेकपा

डेली न्युजराप्ती       २७ असार २०८२ १३:३५ मा प्रकाशित     685 No Comments

हेमन्तप्रकाश वली ।
असार २६,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका जिल्ला नेता शिव सीको निधनले पार्टीलाई अतुलनीय क्षति भएको जनाएको छ ।
पार्टीका जिल्ला सचिव तिलक सीले आज एक श्रद्धाञ्जली वक्तव्य जारी गरि यस्तो बताएका हुन् ।

श्रद्धाञ्जली वक्तव्यमा पार्टीका दाङ जिल्ला सचिवालय सदस्य शिव सीको यहीँ असार २२ गते हृदयघातका कारण भएको असामयिक दुखद निधनले सिंगो पार्टीपंक्ती स्तब्ध , मर्माहत एवम पार्टीलाई अतुलनीय क्षति भएको महसुस गरेको उल्लेख छ ।

श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ– ‘मृतकप्रती उच्च सम्मानका साथ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकमा रहनुहुने परिवारजन , इष्टमित्र र पार्टीपंक्ती सबैमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’

नेकपा दाङ जिल्ला सचिवालय सदस्य शिव सीको ५२ वर्षको उमेरमा असार २२ गते हृदयघातका कारण अकल्पनीय , असमायिक दुखद निधन भएको थियो ।

उहाँकि आमा कृष्णा सुवेदी अखिल नेपाल महिला सँघ दाङका संस्थापक जिल्ला अध्यक्ष (२०३६) हुनुहुन्छ भने उहाँकि जिवनसंगिनि सुमित्रा सुवेदी अखिल नेपाल शिक्षक संगठनको दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

दिवंगत नेता शिव सीका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार