हेमन्तप्रकाश वली ।
साउन १६,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भिमप्रकाश सीको ममतामयी आमा मसान्ती पुनको निधनप्रति पार्टीको दाङ जिल्ला समितीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बिहिवार पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै सहिद बुद्धिमान पुन (लक्ष्मण) , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भिमप्रकाश सी , छोराहरु अमृत पुन , देवराज पुन , पार्टीका जिल्ला सदस्य विष्पुरा सीकि सासुआमा तथा पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण सीको हजुरआमा मसान्ती पुनको साउन १४ गते बेलुका राप्ती गाउँपालिका-१ भालुबाङ स्थित आँफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको उल्लेख गर्नुभएको छ ।
श्रद्धाञ्जली वक्तव्यमा दिवंगत आमाप्रति सम्मानका साथ हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै पिडाको क्षणमा शोक स्तब्ध परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरिएको छ ।
श्रद्धाञ्जली वक्तव्यको पुरापाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.