नेपाली विशेषताको समाजवादी नयाँ संविधान देशका लागि अपरिहार्य बन्यो:विप्लव

डेली न्युजराप्ती       ४ आश्विन २०८२ १३:०१ मा प्रकाशित     970 No Comments

हेमन्तप्रकाश वली ।
असोज ३,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देशका लागि नयाँ संविधान अपरिहार्य बनेको जिकिर गरेका छन् ।
विप्लवले आज संविधान दिवसको सन्दर्भमा यस्तो बताएका हुन् ।

सामाजिक संजाल फेसबुकमा नेकपाका महासचिव विप्लवले लेखेका छन् – ‘नेपाली विशेषताको समाजवादको नयाँ संविधान देशकालागि अपरिहार्य बनिसकेको छ। सबै जिम्मेवार राजनीतिक शक्तिहरूले समयमै मनन् गरौं ।’

नेपालको संविधान -२०७२ लाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खारेज गर्दै आएको छ ।

नेकपाले यो संविधानले दलाल पुजिपति वर्गको प्रतिनिधित्व तथा संरक्षण गर्ने भएकाले यसको विकल्पमा नेपाली विशेषताको समाजवादको नयाँ संविधान देशका लागि अपरिहार्य बनेको जिकिर गर्दै आइरहेको छ ।

महासचिव विप्लवले नेपाली विशेषताको समाजवादी नयाँ संविधानका लागि सबै जिम्मेवार राजनितिक शक्तिहरुले समयमै मनन गर्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार