प्रतिनिधिसभा निर्वाचन: दाङ-१ मा माओवादीबाट प्रकाश शाही चुनाव लड्दै

डेली न्युजराप्ती       २९ पुष २०८२ १४:४५ मा प्रकाशित     119 No Comments

हेमन्तप्रकाश वली ।
पुष २८,दाङ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं.१ बाट नेकपा (माओवादी)ले प्रकाश शाहीलाई एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
पार्टीले उम्मेदवार सिफारिस गरेपछि शाही निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् ।

उनी देउखुरी क्षेत्रका जनप्रीय तथा लोकप्रिय युवा हुन् ।

नेकपा (माओवादी)को केन्द्रीय सदस्यको भुमिका रहेका शाही तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिषरभित्रै कालोमोसो दलेर चर्चामा आएका थिए।

उनी तत्कालीन अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव हुँदै अध्यक्ष समेत हुन सफल भएका थिए ।

युवाहरु माझ लोकप्रिय शाहीले अहिले धानखोला-लमही सडकखण्डलाई चारलेन बनाउनुपर्ने भन्दै आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
उनी धानखोला-लमही चारलेन सडक निर्माण संघर्ष समितिका संयोजक समेत हुन् ।

दाङ-१ बाट शाही चुनाव लड्ने भएपछि उक्त क्षेत्रको चुनावी माहोल गर्माएको छ ।

राजनीति शास्त्रमा एमफिल उत्तीर्ण शाही निर्वाचन लड्ने पक्का भए सो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार