निर्वाचनको मुखैमा प्रचण्डलाई रोल्पामा लाग्यो ठुलो धक्का, नेता वलीले त्यागे पार्टी

डेली न्युजराप्ती       ३ माघ २०८२ २०:३९ मा प्रकाशित     83 No Comments

माघ २, रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका प्रदेशस्तरीय नेताले पार्टीबाट राजिनामा दिएका छन ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गंगादेव गाउँपालिका इन्चार्ज रामबहादुर वलीले पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यबाट समेत राजिनामा दिएका हुन ।

वलीले विभिन्न उतारचढावकाविच पनि लामो समय कम्युनिस्ट पार्टीमा रहेर काम गर्दा पनि पार्टीका केही व्यक्तिका कारण आफ्नो त्याग र समर्पणलाई मुल्यांकन नगरिएकाले राजिनामा दिएको बताएका छन ।

उनले भनेका छन- ” समय, परिस्थिति र पार्टिमा गरेको त्याग तपस्याको उचित मुल्यांकन पार्टिका केहि व्यक्तिको कारण नभयको साथै राजनीतिक यात्रामा आएको फरक सोच तथा धारणा अनुसार अब म पार्टीको सक्रिय राजनीतिबाट अलग रहने निर्णयमा पुगेको छु । त्यसैले आजकै दिनदेखि नेपाली कम्युनिस्ट पार्टिको गंगादेव गाउँपालिका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्यलगायत पार्टीका कुनै पनि तह र निकायमा मेरो कुनै किसिमको जिम्मेवारी नरहेको जानकारी गराउँदछु।”,

उनले पार्टीमा रहँदा साथ, सहयोग र विश्वास प्रदान गर्नु हुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन ।

हेर्नुस राजिनामा पत्र

विषय: राजीनामा तथा जानकारी पत्र

म राम बहादुर वली,
गंगादेव गाउँपालिका, रोल्पा निवासी,
नेकपा (माओवादी केन्द्र) को गंगादेव गाउँपालिका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य ।

म यसै पत्रमार्फत सम्बन्धित सबै पार्टी निकाय, नेता-कार्यकर्ता तथा आम जनसमुदायलाई जानकारी गराउन चाहन्छु कि म आजकै मितिदेखि साबिकको नेकपा (माओवादी केन्द्र) हाल नेपाली कम्युनिस्ट पार्टि अन्तर्गत रहेका कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट जानकारी गराउँदछु ।

मैले वि.सं. २०४७ साल वैशाख महिना देखि नेकपा मशाल हुँदै, नेकपा (माओवादी केन्द्र) को पार्टी सदस्यता प्राप्त गरी पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई आत्मसात गर्दै लामो समयसम्म विभिन्न जिम्मेवारीहरू वहन गर्दै आएँ। जनयुद्धदेखि शान्ति प्रक्रियासम्म तथा त्यसपछिका राजनीतिक उतार-चढावका क्रममा पार्टीले दिएको जिम्मेबारीलाई इमानदारीपूर्वक पूरा गर्ने प्रयास गर्दै पार्टी र जनताको पक्षमा काम गर्दै आएको सर्वविदित नै छ । समय, परिस्थिति र पार्टिमा गरेको त्याग तपस्याको उचित मुल्यांकन पार्टिका केहि व्यक्तिको कारण नभयको साथै राजनीतिक यात्रामा आएको फरक सोच तथा धारणा अनुसार अब म पार्टीको सक्रिय राजनीतिबाट अलग रहने निर्णयमा पुगेको छ। त्यसैले आजकै दिनदेखि नेपाली कम्युनिस्ट पार्टिको गंगादेव गाउँपालिका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्यलगायत पार्टीका कुनै पनि तह र निकायमा मेरो कुनै किसिमको जिम्मेवारी नरहेको जानकारी गराउँदछु

साथै, म साबिकको नेकपा (माओवादी केन्द्र) र हाल नेपाली कम्युनिस्ट पार्टी को पार्टी सदस्यता समेत आजकै मितिदेखि राजीनामा दिएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु। यो निर्णय मेरो व्यक्तिगत र स्वेच्छिक निर्णय हो। यस निर्णयबाट पार्टी, नेता-कार्यकर्ता वा शुभेच्छुकहरूलाई कुनै किसिमको असहजता परेको भए क्षमाप्रार्थी छु ।

मैले पार्टीमा रहँदा साथ, सहयोग र विश्वास प्रदान गर्नु हुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनमा सबैको राजनीतिक तथा व्यक्तिगत जीवनमा सफलताको कामना गर्दछु। धन्यवाद।

राजीनामा दिने व्यक्ति
नामः राम बहादुर वली
मितिः २०८२/१०/०२
ठेगानाः गंगादेव गाउँपालिका, रोल्पा

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार