हेमन्तप्रकाश वली ।
माघ ३,तुलसीपुर । निर्वाचनको मिति नजिकिएसँगै विभिन्न दलहरु निर्वाचनको तयारीमा व्यस्त देखिएका छन् ।
शनिबार विप्लव नेतृत्वको नेकपा (माओवादी)ले निर्वाचनको तयारी स्वरुप दाङमा पनि अगुवा कार्यकर्तासँग निर्वाचन सम्बन्धि छलफल गरेको छ ।
पार्टीले दाङको ३ नं. निर्वाचन क्षेत्र अन्तर्गतका अगुवा नेताकार्यकर्तासँग छलफल गरेको हो ।
छलफलमा निर्वाचन सम्बन्धि सम्पुर्ण कामकाजलाई व्यवस्थित गर्ने लगाएतका विषयमा छलफल भएको बुझिएको छ ।
नेकपा (माओवादी)ले दाङ-३ मा पार्टीका पोलिटब्युरो सदस्य बल बहादुर वली (शितल) आगामि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरेको छ ।

नेता शितल माओवादी आन्दोलनका स्थापित व्यक्तित्व हुन् ।
माओवादी जनयुद्धमा भुमिगत हुँदै पश्चिम दाङमा माओवादी आन्दोलनलाई स्थापित गराउन कुनै कसुर बाकी नराखेका वलीले अहिलेसम्म कुनै राजकीय पद सम्हालेका भने छैनन् ।
अगुवा कार्यकर्तासँगको छलफलमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुर नगर इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्यहरु निर्मल सी , विकाश सी , जिवनी सी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सचिव तिलक सीले गरेका थिए ।
पहिलोपटक संसदीय निर्वाचनमा होमिएको विप्लव नेतृत्वको नेकपा (माओवादी)ले गुलाफ चुनाव चिन्ह लिएर मैदानमा उत्रिने तयारी गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.