शाहस भट्ट
चितवन– नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख सन्देश सीले निजि स्वामित्वले गर्दा प्राकृतिक श्रोतहरुको दोहन भएको बताएका छन् ।
बुधबार नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनको आठौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई शुभकामना तथा प्रशिक्षणात्मक मन्तव्य राख्दै यस्तो बताएका हुन् ।
नेता सन्देशले निजि स्वामित्वका कारण प्राकृतिक श्रोत साधनको दोहन, मान्छे मान्छेबिचमा कटुता, बैमनस्यता, अस्वस्थ प्रतिस्पर्धा भएको बताए।उनले भने, “निजि स्वानित्वका कारण मान्छे मान्छे बिचमा अस्वस्थ प्रतिस्पर्धा चलेकाले त्यसलाई रोक्न नेकपाले एकीकृत स्वामित्वको अवधारणा अघि सारेको छ।
विश्व कम्युनिस्ट आन्दोलन निजि स्वामित्वको प्रभावले च्युत भएको उदाहरण प्रशस्त छन् , त्यसबाट पाठ सिक्दै नेपालमा नयाँ तरिकाले प्रयोग गरिएको छ।”पछिल्लो समय नेकपाले लिएको आत्मानिर्भर उत्पादन प्रणालीलाई व्याख्या गर्दै नेता सन्देशले अब चयन हुने नेतृत्वले हाम्रा देशका सम्पुर्ण किसान मजदुरहरुलाई सामुहिक उत्पादन प्रणालीमा जोड्न प्रयत्न गर्ने विश्वास व्यक्त गरे।उनले थपे,” हाम्रो सामुहिक उत्पादन प्रणालीमा यो त्यो नभने जनश्रम सहकारीमार्फत लगानी गर्न सक्नेछन् , जसलाई हामी उत्पादनबाट आउने तीस प्रतिशत नाफाको ग्यारेन्टी गर्नेछौँ यसबाट हाम्रा देशका कुनैपनि नागरिक बेरोजगार हुने छैनन् भोकभोकै मर्नुपर्ने छैन त्यसको जिम्मा हाम्रो पार्टीले लिन्छ।”
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.