दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ दाङका लागि उम्मेदवार प्रकाश शाहीले घरदैलो अभियान सुरु गर्नुभएको छ। चुनावी प्रचारको क्रममा शाही टोल–टोल र घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना धारणा र एजेन्डा प्रस्तुत गरिराख्नुभएको हो।
घरदैलोका क्रममा शाहीले जनताको समस्या ध्यानपूर्वक सुन्दै विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सुशासन, न्याय र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता राख्नुभएको छ। ४० वर्षीय शाही पहिलो पटक प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएको हो। उहाँ अखिल क्रान्तिकारी(हाल अखिल समाजवादी)का पूर्वअध्यक्ष समेत भइसक्नुभएको व्यक्ति हो ।
नेकपा (माओवादी) का केन्द्रीय सदस्य समेत रहेका शाही भ्रष्टाचारविरोधी अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन दाङ क्षेत्र नं. १ बाट नयाँ युवा अनुहारका रूपमा चर्चामा हुनुहुन्छ।
शाहीले विद्यार्थी आन्दोलनदेखि सामाजिक न्याय, सुशासन, राष्ट्रियता र भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष गर्दै आउनुभएको छ।
फोटोफिचर:






सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.