रोल्पामा नेकपा र काङ्ग्रेसका ३ जना माओवादीमा प्रवेश

डेली न्युजराप्ती       १३ माघ २०८२ ०७:१६ मा प्रकाशित     71 No Comments

रोल्पा । पुर्वी रोल्पामा विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी)मा प्रवेश गरेका छन ।

आइतबार नेकपा पुर्वी रोल्पाले सुलीचौरमा आयोजना गरेको निर्वाचन विशेष अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीबाट २ जना र नेपाली कांग्रेसबाट १ जना गरि ३ जना नेकपा माओवादीमा प्रवेश गरेको नेकपा माओवादी रोल्पाकी जिल्ला इन्चार्ज सम्झना घर्ती “असिना सी”ले जानकारी दिईन ।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध रहि काम गर्दै आएका सुनिलस्मृती गाउँपालिका २ का पुर्वजनमुक्ति सेनाका सेक्सन सह कमाण्डर नारायण घर्ती, नेपाली कम्युनिस्टका पार्टी सदस्य राजु कंवर र नेपाली कांग्रेसका पार्टी सदस्य मान बहादुर पुन नेकपा माओवादीमा प्रवेश गरेका हुन ।

उनीहरुले पार्टी प्रवेश गर्दै नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका नेताहरू लामो समयसम्म सत्ता उपभोग गरेपनि देश र जनतालाई धोका दिएको आरोप लगाए । उनीहरुले भ्रष्टाचार र व्यथितिविरुद्ध नलागी व्यक्तिगत जीवन बनाउनतिर उद्दत रहेको दावी समेत गरे।

अबको एकमात्र आशा बोकेको पार्टी विप्लवले नेतृत्व गरेको नेकपा माओवादी नै भएको देखेर आफुहरु माओवादीमा प्रवेश गर्न तयार भएको बताए । माओवादीले कृषि उत्पादनमा आत्मनिर्भर र उधोगमा समृद्दिको योजना बनाएकाले देश र जनतालाई आत्मनिर्भर बनाउने एकमात्र पार्टी माओवादी नै भएको उनिहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार