मौसममा सुधार सुरु, प्रि-मनसुन सक्रिय रहँदै छिटफुट बदली र हल्का वर्षाको सम्भावना

डेली न्युजराप्ती       ९ चैत्र २०८२ ०७:२१ मा प्रकाशित     191 No Comments

काठमाण्डौँ, ८ चैत । अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर बन्दै गएपछि आजदेखि देशभर मौसममा सुधार देखिएको छ।
मौसमविद् विभूति पोखरेलका अनुसार गएरातिदेखि नै मौसम खुल्दै गएको र आज हिजो–अस्तिको जस्तो व्यापक वर्षा नहुने सम्भावना रहेको छ।

यद्यपि प्रि–मनसुनका गतिविधि भने यथावत रहनेछन्। यस अवधिमा घाम लाग्ने र फेरि बदली हुने क्रम जारी रहनेछ भने तत्काल ठूलो र लामो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो।

आज देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र लुम्बिनी प्रदेशका तराईसहित पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव कायम रहेकाले मौसम पूर्ण रूपमा सफा हुन अझै केही समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार