काठमाडौं, साउन २०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज विशेष प्रेस मिट आयोजना गर्ने भएका छन्।
पार्टीका अनुसार उक्त प्रेस मिट आज (साउन २०) दिउँसो २:०० बजे काठमाडौंको काठमाडौं वैंकेट, थापागाउँ, बानेश्वर मा आयोजना हुनेछ।
प्रेस मिटमार्फत समसामयिक राजनीतिक विषय, पार्टीको धारणा तथा आगामी कार्यक्रमबारे महासचिव ‘विप्लव’ले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी भई समाचार सम्प्रेषण गरिदिन सम्पूर्ण सञ्चारकर्मी तथा पत्रकारहरूलाई आयोजकले हार्दिक आमन्त्रण गरेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.