तुलसीपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दाङको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट तुलसीपुरका युवा व्यवसायी सुरेन्द्र परियार अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघमा आज सम्पन्न अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। परियार तुलसीपुरको ‘ख’ लाइनस्थित डायमण्ड टेलरिङ शपका सञ्चालक हुनुहुन्छ।
अधिवेशनमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कालीप्रसाद नेपालीको प्रमुख आतिथ्यता रहेको थियो।
संघका पूर्व जिल्ला सचिव फत्ते परियारको सहजीकरणमा सम्पन्न अधिवेशनको अध्यक्षता संघका पूर्व अध्यक्ष पदम नेपालीले गर्नुभएको थियो।
अधिवेशनले अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको जनाइएको छ। नयाँ नेतृत्वले कपडा तथा सिलाई व्यवसायमा आबद्ध व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्धन तथा व्यावसायिक एकताका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.