दाङमा राष्ट्रिय किसान जागरण अभियानको उद्घाटन

डेली न्युजराप्ती       १२ पुष २०७८ २१:४३ मा प्रकाशित     474 No Comments


श्रवण कुमार यादव,दाङ। “दलाल भुमाफियाको सम्पत्ति राष्ट्रियकरण गर्दै बैज्ञानिक समाजवादको कार्यदिशामा अगाडि बढौं” भन्ने नारा सहित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) राष्ट्रिय किसान जनजागरण अभियान पश्चिम कमान्ड अन्तर्गत पुर्बी उपकमाण्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलको प्रमुख आतिथ्य थियो। अखिल नेपाल किसान महासंघ( क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष काली बहादुर शाही, नेकपा दाङका सेक्रेटरी प्रदीप,नेकपा दाङका कार्यालय सदस्य किरण, संगठनका केन्द्रिय सदस्य मंगल, नेकपा लमही नगर इन्चार्ज तथा सेक्रेटरी जनक, नेकपा राजपुर गाउँपलिका इन्चार्ज उज्वल, नेकपा गढवा गाउँपलिका इन्चार्ज महान,नेकपा राप्ती गाउँपालिका इन्चार्ज विजय, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सुरज, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष अमर लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलले देशमा किसानका समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे। सबै श्रमजीवी किसानहरूलाई जागृत गरेर यो संसदीय व्यवस्थाको विरुद्ध सशक्त संघर्ष गर्ने र अभियानको रूपमा खडा गर्नुपर्ने बताउदै बैज्ञानिक समाजवाद स्थापना गर्न किसानहरुको महत्त्वपूर्ण भुमिका रहने बताए। नेता शितलले आफुहरु एकीकृत जनक्रान्तीको माध्यमबाट नेपालमा आमूल परिवर्तन गर्ने अभियानमा रहेको बताए। मध्यम र उत्पीडित किसानहरूलाई पनि जोडेर देशमा अहिले आफ्नो पार्टी क्रान्तिको बाटोमा रहेको नेता शितलको भनाइ थियो।
देशको व्यवस्था नबदलिदा सम्म देशमा सामाजिक उपलब्धि हात पार्न नसकिने र व्यवस्थालाई सजिलै परिवर्तन गर्न सकिने त्यसका लागि नेपाली जनतालाइ एकपटक जनमत सङ्ग्रह मार्फत व्यवस्था चुन्ने अधिकार दिन सत्ता तयार रहनुपर्ने धारणा राखे।बैज्ञानिक समाजवादबाट हरेकले मुक्ति पाउने नेता शितलको जिकिर थियो।
अभियान सशक्त र प्रभावकारी तरिकाले अघि बढोस् भन्ने शुभकामना समेत व्यक्त गरेका हुन। कार्यक्रममा नेकपा दाङका सेक्रेटरी प्रदीप, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष काली बहादुर शाही लगाएतले शुभकामना मन्तव्य राखेका हुन।

भिम बहादुर बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य केशव थापाको रहेको थियो भने कार्यक्रमको सहजीकरण संगठनका केन्द्रीय सदस्य पोषणले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार