तुलसीपुरमा नेकपा निकट जबस/मोर्चाहरुको संयुक्त नगर भेला,११ जनाले गरे नेकपा प्रबेश

डेली न्युजराप्ती       २१ मंसिर २०७८ १९:१३ मा प्रकाशित     512 No Comments


जनमतसंग्रह खोसेर ल्याउने हो: सेक्रेटरी प्रदिप
हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरुको तुलसीपुर उपमहानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ।
पार्टी निकट थारु मुक्ती मोर्चा नेपाल,श्रमिक समुदाय मोर्चा नेपाल,अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी),मगर मुक्ती मोर्चा नेपाल र अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका स्तरिय संयुक्त प्रथम नगर भेला सम्पन्न भएको हो।

पार्टी निकट जबस/मोर्चाहरुको संयुक्त नगर भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थाका दलाल शासकहरुसंग जनमतसंग्रह खोसेर ल्याउने बताउनुभएको हो। नेता प्रदिपले व्यवस्था चुन्ने अधिकारका लागि जनमतसंग्रहको घोषणा नगरे आफुहरुले जनताको बलद्वारा जनमतसंग्रहको अधिकार खोस्ने बताउनुभएको थियो। उहाले यो सरकारको विकल्पमा आफ्नो पार्टीले प्रगतिशील संयुक्त सरकार गठन गरि त्यही सरकारको नेतृत्वमा संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने बिसयमा जनमतसंग्रह गर्ने कार्यनीतिक एजेन्डा लिएर जनतामा गइरहेको बताउनुभयो। वैज्ञानिक समाजवादको पक्षमा उत्साहजनक जनमत प्राप्त हुने खतरा देखेर आफुलाइ लोकतान्त्रिक,प्रजातान्त्रिक भन्ने र कम्युनिस्टहरुलाइ बन्दुके अधिनायकवादि देख्ने मुठ्ठीभर मालिकहरु अत्तालिएको नेता प्रदिपको जिकिर थियो।
एक फरक प्रसंगमा नेता प्रदिपले तीन बुदे सहमती कार्यान्वयन नगरेर राज्यले षड्यन्त्र गरिरहेको समेत बताउनुभयो। उहाले तत्कालीन केपि वली नेतृत्वको सरकारले आफ्नो पार्टीसंग गरेको तीन बुदे सहमति इमानदारिताका साथ कार्यान्वयन गर्न माग गर्नुभयो। आफ्नो पार्टीले तीन बुदे सहमती इमानदारीपूर्वक कार्यान्वयन गरिरहेको तर राज्यले सहमतिलाइ उल्लंघन गरेको प्रती कडा आक्रोश पोख्दै सहमती लागू नगरिए आफ्नो पार्टीले सरकारी बन्दुके घेरा तोडेर जनतामा जाने उद्घोष गर्नुभयो।

कार्यक्रममा अतिथी मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष सिबेन्द्र,अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला कोषाध्यक्ष मेघराज घिमिरे,अनेमसंघ क्रान्तिकारी दाङका अध्यक्ष रेखा,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त,राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष नर बहादुर रोका,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष संजय,स्कुलिङ बिभाग दाङ जिल्ला प्रमुख एवम नेपाल गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र,नेकपा दाङ जिल्ला कमिटी सदस्य राजकुमार,सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती, युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर इन्चार्ज बिकाश,नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम जिल्ला उत्पादन बिभाग प्रमुख किरणले शुभकामना मन्तव्य राख्नुभएको थियो।

जवस/मोर्चाहरुको प्रथम नगर भेलाले टोप बहादुर पुनको अध्यक्षतामा १४ सदस्यीय मगर मुक्ती मोर्चा नेपाल तुलसीपुर उपमहानगर कमिटी चयन गरेको छ। यस्तै भेलाले बालकृष्ण खरालको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटी चयन गरेको हो।जसको उपाध्यक्षमा खुसलाल चौधरी,सचिवमा खिम बहादुर रावत,सह-सचिवमा तिलक खड्का र कोषाध्यक्षमा गोबिन्द खड्कालाई चयन गरिएको छ। संयुक्त जवस/मोर्चाहरुको प्रथम नगर भेलाले गेहेन्द्र चौधरीको अध्यक्षतामा ९ सदस्यीय थारु मुक्ती मोर्चा नेपाल तुलसीपुर उपमहानगर कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा अंगु चौधरी,सचिवमा खुसिराम चौधरी,सह-सचिवमा सुन्दरलाइ चयन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका स्तरीय संयुक्त जवस/मोर्चाहरुको भेलाले पबित्रा रैदासको अध्यक्षतामा १४ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपालको कमिटी चयन गरेको छ। यस्तै भेलाले कमला केसिको अध्यक्षतामा १८ सदस्यीय अनेमसंघ क्रान्तिकारी तुलसीपुर उपमहानगर कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा रमा स्वर्णकार,सचिवमा कमला बस्नेत,सह-सचिवमा दर्शना मल्ल र कोषाध्यक्षमा भावना केसिलाई चयन गरेको हो।

कार्यक्रममा जवस/मोर्चाका नबनिर्वाचित कार्यसमितिलाइ हार्दिक बधाई मन्तव्य कार्यक्रमका अतिथी नेकपा दाङ जिल्ला सदस्य एवम तुलसीपुर उपमहानगरपालिका वडा नं.७ इन्चार्ज भरत,नेकपा दाङ जिल्ला सदस्य एवम पार्टी तुलसीपुर उपमहानगर वडा नं.१३,१४ र १५ इन्चार्ज शिव,नेकपा दाङ जिल्ला सदस्य एवम पार्टी तुलसीपुर उपमहानगर वडा नं.१८ र १९ इन्चार्ज खड्क,युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी,नेकपा दाङ जिल्ला सदस्य एवम तुलसीपुर उपमहानगर वडा नं.५ इन्चार्ज इश्वरीले व्यक्त गर्नुभएको थियो।
अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला सदस्य कमला रोकायको स्वागत मन्तव्यबाट सुरु भएको संयुक्त नगर भेलाको अध्यक्षता अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष पोषणले गर्नुभएको थियो भने भेलाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य बिजय मल्लले गर्नुभएको हो।

विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश
नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरुको संयुक्त तुलसीपुर नगर भेला कार्यक्रममा विभिन्न संसदवादी पार्टी परित्याग गरि ११ जनाले नेपाल कम्युनिस्ट पार्टी प्रबेश गरेका छन। नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा(माओवादी केन्द्र)मा आवद्ध तुलसीपुर उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाका नेता-कार्यकर्ताहरुले नेकपामा प्रवेश गरेका हुन। प्रबेश गर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१ निवासी विकाश रोका,धन सिंह बिक,निम बहादुर वली र निम बहादुर बिक रहेका छन। यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ निवासी सीता रोका र राधिका रोकाले नेकपा प्रबेश गरेका हुन। तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी छाया कुमाल,वडा नं. १४ निवासी खुसीराम चौधरी,वडा नं.१६ निवासी दामोदर लम्साल,वडा नं.१९ निवासी धना वली,वडा नं. १७ निवासी वल बहादुर खड्काले नेकपा प्रबेश गरेका हुन। पार्टीमा नवप्रबेशीलाई नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप लगाएतका नेताहरुले अविर माला सहित पार्टीमा स्वागत गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार