अहिलेको व्यवस्थाबाट नेपाली विशेषताको समाजवादमा पुग्न सम्भव छैन : उपेन्द्र यादव

डेली न्युजराप्ती       २१ चैत्र २०८० ०६:२७ मा प्रकाशित     60 No Comments

काठमाडौं– जनता समाजवदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान व्यवस्थाबाट नेपाली विशेषताको समाजवादमा पुग्न सम्भव नभएको बताएका छन् ।मङ्गलबार समाजवादी मोर्चाद्वारा आयोजित “नेपाली विशेषताको समाजवाद” विषयक अन्तर्कृया कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।उनले यो व्यवस्था आवरणमा जे भनिएतापनि कतै न कतै पुजीवादको गन्ध आउने भएकाले यही व्यवस्थाबाट नेपाली विशेषताको समाजवादमा जान्छौं भन्नु अन्ततः पुजीवादकै सेवा भएको बताए ।उनले भने,” अहिलेकै व्यवस्थालाई अङ्गालेर समाजवादमा जादैछौँ भन्नू जनतालाई झुक्याउनु हो पुजीवादकै सेवा गर्नु हो, अहिलेको व्यवस्थाबाट नेपाली विशेषताको समाजवाद कुनैपनि हालतमा सम्भव छैन ।”विश्वमा समाजवादको कुनैपनि मोडालिटी नभएको बताउँदै कतैबाट प्रभावित भएर नक्कल गर्दा समाजवाद असफल भएको जिकिर गरे ।उनले भने,”समाजवादका लागि आफ्नो माटो सुहाउँदो उत्पादन सम्बन्ध, पुजीमाथिको स्वामित्व र आधार तयार गर्न नेपाली विशेषताको समाजवाद अघि सारिएको हो ।”उनले अहिलेको व्यवस्थाबाट समाजवाद ल्याउछु भन्नू पुजीवादकै सेवा गर्ने बाहेक अरु केही नभएको बताए ।नेपालमा विद्यमान हरेक खाले विभेदको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिनेसमेत ठोकुवा गरे ।यादवले सामाजिक न्यायमा आधारित अर्थतन्त्र भएन भने समाजवाद सम्भव छैन यो व्यवस्थाले त्यता तिरको बाटो खुल्ला गर्छ कि गर्दैन भन्ने धेरै अनुउत्तरित प्रश्न खडा भएको बताए ।

उनले भने,”आर्थिक विकास समृद्धि सुशासन कायम नगरेसम्म समाज रुपान्तरण गर्न सकिँदैन अहिलेको संविधान समाजवादको बाधक छ यसलाई संशाेधन गर्नुपर्छ शासकिय स्वरुप बदल्नु पर्छ । निर्वाचन प्रणाली बदल्नु पर्छ ।”हाम्रो देशको जल, जमिन, पानी, जडिबुटी सबैलाई उपयोग गरेर जनताको हितमा प्रयोग गर्न सकेमात्र नेपाली विशेषताको समाजवादको बेस तयार हुने उनको तर्क थियो ।“हामीले साच्चै नेपाली विशेषताको समाजवादमा जान त्यसको मोडालिटी तयार गर्दैछौँ भने भ्रष्टाचार समाजवादको बाधक हो परिवारवाद पनि बाधक हो त्यसको अन्त हुनुपर्छ । अनियन्त्रित बजारलाई व्यवस्थित गर्नुपर्छ । आफ्नो उत्पादनलाई बढाएर आयातित सामानको प्रतिबन्ध लगाउँदै देश आफ्नै श्रोत साधनबाट आत्मनिर्भर बनाउनु पर्छ”- यादवले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार