अखिल (क्रान्तिकारी) दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन

डेली न्युजराप्ती       २० मंसिर २०७८ १७:३९ मा प्रकाशित     851 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) दाङले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गरेको छ।
संगठनका जिल्ला अध्यक्ष एवम इन्चार्ज अमर खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सार्वजनिक यातायातमा बिद्यार्थीलाई ४५% भाडा छुट तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। यस्तै ज्ञापनपत्रमा भनिएको छ,”बिद्यार्थी संगठनको आन्दोलनको आलोकमा स्थापित सार्वजनिक यातायातमा ४५% भाडा छुटको व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्न माग गर्दछौं”।
ज्ञापनपत्रमा देशको राजधानीमा मात्रै सम्झौता कार्यान्वयन हुनुले राजधानी बाहिरका तमाम बिद्यार्थीहरु मारमा परिरहेको उल्लेख छ। भौगोलिक,सांस्कृतिक,शैक्षिक लगाएतका क्षेत्रमा विकसित भनिएको दाङ जिल्लामा नै बिद्यार्थीहरुलाइ सहुलियत नहुनु लज्जास्पद र गम्भीर कुरा भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। सम्झौता कार्यान्वयनको सकारात्मक अपेक्षा राख्दै अन्यथा आन्दोलनको सिर्जना हुने कुरा ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्रको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार