सुनसरी,२२ माघ/ सुनसरीको कोशी गाउँपालिका -१ मा बस र ट्रक ठोक्किँदा आगलागी भएपछि तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन।
दुर्घटनामा २७ जनाभन्दा धेरै यात्रु घाइते भएका प्रहरीले जनाएको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएपछि आगलागी भएको थियो।
मृतकको शव जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीले घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.