देउवा-प्रचण्डको गोप्य पत्र विरुद्ध अखिल (क्रान्तिकारी) दाङद्वारा पुत्ला दहन

डेली न्युजराप्ती       २४ माघ २०७८ ०८:३९ मा प्रकाशित     607 No Comments


माघ २४,तुलसीपुर। विप्लव निकट अखिल (क्रान्तिकारी) दाङले एमसीसीलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पठाएको गोप्य पत्र विरुद्ध देउवा-प्रचण्डको पुत्ला दहन गरेको छ।

संगठनले बुधबार घोराहिमा राष्ट्रघाती एमसिसी सम्झौता पास गराउन देउवा-प्रचण्डले गरेको पत्राचारको विरुद्ध नाराबाजी सहित एमसिसी पत्र समेत जलाएको जनाएको छ। मशाल जुलुस सहितको प्रदर्शनमा बिद्यार्थीहरुले एमसिसी सम्झौता खारेज गर,राष्ट्रघाती दलालहरु होसियार,देश बेच्न पाइदैन,संसदवादी दलालहरु मुर्दावाद लगाएतका नाराहरु लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार