तुलसीपुरमा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यतापूर्वक मनाइदै

डेली न्युजराप्ती       २३ फाल्गुन २०७८ १९:५८ मा प्रकाशित     605 No Comments


हेमन्त प्रकाश वली। फागुन २३,तुलसीपुर। दाङमा नेकपा सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रियताको आन्दोलनमा संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ३ दल आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चाद्वारा भोलि मङ्गलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) भव्यतापूर्वक मनाउने भएका छन।
भोलि दाङको तुलसीपुरमा संयुक्त रूपमा बृहत जनप्रदर्शन सहित दिबस मनाउने नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी दाङ जिल्ला संयोजक रेखा रोकाले जानकारी दिनुभएको छ।

महिलामाथि भइरहेका चरम शोषण, दमन, उत्पीडन र अन्यायबाट विद्रोह गर्दै समानता, स्वतन्त्रता, न्याय र मुक्तिका लागि सङ्घर्ष गर्दै गर्दा स्थापित भएको ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभरका मुक्तिकामी महिलाहरूका लागि सङ्घर्ष र उत्सवको दिन हो।
‘स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त सङ्घर्ष गरौँ, ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ’ मूल नाराका साथ क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चाद्वारा भोलि देशभर दिबस मनाउन लागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार