वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,महासचिवमा आहुति सर्वसम्मत

डेली न्युजराप्ती       १९ चैत्र २०७८ २०:४२ मा प्रकाशित     602 No Comments


चैत्र १९। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।
चैत्र १७-१९ गतेसम्म काठमाडौंमा चलेको प्रथम भेलाले पार्टीको महासचिवमा बिश्वभक्त दुलाल(आहुती)लाई सर्वसम्मत चयन गरेको छ।
यस्तै भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने, राष्ट्रघाती एमसिसी विरुद्ध संयुक्त मोर्चा निर्माण गर्न पहल गर्ने लगाएतका ८ बुँदे समसामयिक प्रस्ताव पास गरेको सो पार्टीका केन्द्रीय सदस्य महावीर बिश्वकर्माले जानकारी दिएका छन। भेलाले केन्द्रीय समितिमा ४०% महिला सहभागितासहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। यस्तै भेलाले नन्दन अर्यालको संयोजकत्वमा कार्यकारी अधिकारसहितको ‘प्रबुद्ध(veteran) समिति’ समेत चयन गरेको जनाइएको छ।प्रथम भेलाले वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने ठोस कार्यदिशासहितको राजनीतिक प्रस्ताव, सांस्कृतिक रुपान्तरणको ठोस कार्ययोजना र विधान समेत पास गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार