जनपत्रकार संगठनका केन्द्रीय सदस्य पाण्डेलाई पितृ शोक

डेली न्युजराप्ती       १ बैशाख २०७९ २१:४१ मा प्रकाशित     546 No Comments


काठमाडौँ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य, अग्रज पत्रकार एवम् उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शनराज पाण्डेलाई पितृ शोक परेको छ । पाण्डेका बुवा ८५ बर्षिय भिमकेशर पाण्डेको बिहीबार बिहान निधन भएपछि पितृ शोक परेको हो ।

पाण्डेका बुवाको निधन प्रति जनपत्रकार संगठन नेपालले दुःख व्यक्त गरेको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले शोक वक्तत्व जारी गर्दै असामयिक निधन प्रति दुःख व्यक्ति गरेका छन् ।

‘काठमाडौँ कलंकी निवासी ८५ बर्षिया बुवा बुवा भिमकेशर पाण्डेको २०७९ साल बैशाख १ गते विहान १० बजे असामयिक निधन भएकोले उहाँ प्रति हार्दिक श्रदाञ्जली सहित दुःख व्यक्त गर्दछौँ ।’ विश्वकर्माद्वारा जारी शोक वक्तत्यमा भनिएको छ, ‘साथै, उहाँको आफन्तजनहरुमा
धैयधारणाको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार