अखिल (क्रान्तिकारी) रुपन्देहीद्वारा बुटवल बहुमुखी क्याम्पसमा वृक्षारोपण

डेली न्युजराप्ती       ११ श्रावण २०७९ ०८:२५ मा प्रकाशित     374 No Comments


पदम पराजुली,बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको आयोजनामा बुटवल बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा बोल्दै अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला संयोजक पदम पराजुलीले रुख जीवन भएकोले रुख रोपेर सुन्दर सफा र स्वच्छ वातावरण निर्माण गर्नुपर्ने तथा
जलवायु परिवर्तन र तापक्रम बृद्धिको प्रमुख कारण कार्वन उत्सर्जनलाई कम गर्नुपर्ने भनाइ राख्नुभएको थियो। कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल रोका,जिल्ला सदस्य नयन अर्याल, प्रसुन ज्ञवाली, माधव पन्थी,सुनिता बोगटी साथै लुम्बिनी बाणिज्य क्याम्पस कमिटी सचिव कोपिला क्षेत्री, सहसचिव अनिता ज्ञवाली र रुपा थारु लगायत बुटवल बहुमुखी क्याम्पस संयोजक सिद्धान्त कुंवर एवम् इकाइ कमिटका सदस्यहरु, प्रबिन न्यौपाने तथा लुम्बिनी बौद्ध बिश्वबिद्धालय सीटी क्याम्पस कमिटी सचिव पबित्रा पौडेल लगायत विभिन्न क्याम्पसका बिद्यार्थीहरुको उपस्थिती रहेको थियो।अमला,कपुर,तेजपत्ता,धुपिसला, बिरेन्द्रफुल लगाएत विभिन्न प्रजातिका बिरुवा हरुको वृक्षारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार