तीन बुदे सहमतिको मर्ममा राज्य इमानदार नभए हामी पनि पक्राउ पुर्जी जारी गर्न बाध्य हुन्छौं : सुमनसिंह

डेली न्युजराप्ती       १९ श्रावण २०७९ ०६:५१ मा प्रकाशित     914 No Comments


ईलाम | नेपाल कम्युनिस्ट पार्टिका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगाएत नेता कार्यकर्ता विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा ईलाम सदरमुकाममा मसाल जुलुस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी ईलामको आयोजनामा निकालिएको मसाल जुलुसमा बोल्दै पार्टिका केन्द्रीय सदस्य तथा ईलाम जिल्ला ईन्चार्ज सुमनसिंहले तीन बुदेको मर्ममा राज्य ईमानदार नहुने हो भने जनताको तर्फबाट पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन । उनले पक्राउ पुर्जी खारेज नगरे जनताले पनि दलालहरु विरुद्ध पक्राउपुर्जी जारी गर्ने, आफ्ना नेताहरु पक्राउ गरे,दलालहरुलाई पनि पक्राउ गरि जनताको जेलमा थुन्ने, गोलि दागे त्यसको प्रतिवाद पनि त्यसरी नै गर्ने बताए।

उनले महासचिव बिरुद्धको पक्राउ पुर्जी अमेरिकि निर्देशनमा यहाका कठपुतली दलालहरुले जारी गरेको बताए । कोणसभामा बोल्दै सिंहले युक्रेन युद्धमा रसियालाई तानेर ताईवानमा युद्ध सुरु गर्न खोजेको र सोही अनुसार एमसिसीको आर्थिक प्रलोभन र दबाबमा पारेर नेपालमा चिन बिरुद्ध नेपालमा युद्धलाई स्थापित गर्न खोजेको आरोप लगाए । उनले एमसिसी विरुद्ध कडा रुपमा नेपालका क्रान्तिकारिहरु उभिएको हुनाले यहि शक्ति बिरुद्ध षड्यन्त्र गर्दै युद्ध निम्त्याउन र चिनलाई युद्धमा तान्न खोजेको बताए।

सुमनसिंहले सबै देशभक्त, क्रान्तिकारी र सच्चा लोकतन्त्रबादिहरुलाई रास्ट्रघात र जनघातका बिरुद्ध उभिन आव्हान गरे।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार