नेकपा दाङले सिडियो कार्यालयमा ज्ञापनपत्र पेश गर्दै भन्यो ‘पक्राउ पुर्जी खारेज गरियोस्’

डेली न्युजराप्ती       १ भाद्र २०७९ १३:४५ मा प्रकाशित     1096 No Comments


भदौ १,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र पेश गरेको छ।
आज नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल,पार्टीका जिल्ला सेक्रेटरी प्रदिपसहितका सयौं नेता-कार्यकर्ताको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको हो।

नेकपाका नेता-कार्यकर्ताहरु आज जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई तीन बुदे सहमती विरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहितको ज्ञापनपत्र पेश गरेका हुन।

जिल्ला प्रशासन कार्यालय दाङ मार्फत सम्माननिय प्रधानमन्त्री,प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंलाई बुझाइएको ज्ञापनपत्रमा नेकपासंग संयुक्त रणैनैतिक संयुक्त मोर्चाका ४ कम्युनिस्ट पार्टीले ४ बुदे ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराएका छन।

ज्ञापनपत्रमा सरकारले सम्पुर्ण बन्दीहरुको रिहाइ र सम्पुर्ण मुद्दाहरु खारेजीको प्रक्रिया अबिलम्ब थालनी गर्नुपर्ने,पार्टीका महासचिव, प्रवक्ता लगाएतका नेता कार्यकर्तामाथी जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने,राज्यले नेपाल कम्युनिस्ट पार्टीलाई तुरुन्त वार्तामा बोलाइ उपयुक्त कार्यहरुको थालनी गर्न पहल गर्नुपर्ने,राज्यले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने लगाएतका मागहरु पेश गरिएको छ।

ज्ञापनपत्रको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार