दाङमा बन्द सफल,बन्दको मौकामा बिमा असुल्न आफै टिप्पर जलाइयो,गिरफ्तार १५ नेता-कार्यकर्ता रिहा

डेली न्युजराप्ती       ७ भाद्र २०७९ २०:३८ मा प्रकाशित     608 No Comments


दाङ। नेकपा सहित चार दलले आज आह्वान गरेको नेपाल बन्द दाङमा सानदार रुपले सफल भएको छ।

दाङमा बिहानैदेखि यातायातका साधनहरु चल्न सकेनन् । कलकारखाना तथा उद्योगधन्दा र शैक्षिक संस्था पनि पुर्ण रुपमा बन्द भए।
दाङका मुख्य बजार घोराही,तुलसीपुर,लमही,भालुबाङ लगाएतका ठाउमा बन्दका कारण बजार ठप्प थिए।

दाङमा बन्द खुलेसंगै प्रहरीद्वारा बन्दकर्तामाथी अत्याधिक बल प्रयोग गर्दै गिरफ्तार गरिएका १५ नेता-कार्यकर्ता रिहा भएका छन।
तुलसीपुरमा बन्दको रिपोर्टिङको क्रममा गिरफ्तार परेका जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली सहित युवा संगठन नेपाल दाङका अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज संजय झण्डै ९ घण्टाको प्रहरी नियन्त्रण पछि रिहा भएका हुन।
यस्तै प्रहरी प्रशासनले घोराहीबाट गिरफ्तार गरेका अखिल(क्रान्तिकारी)दाङका संयोजक खुमन पौडेल,जिल्ला सदस्य हिमाल के सी, टार्जन ओली, प्रकाश बुढा मगर पनि रिहा भएका हुन।
यता शान्तिपुर्ण वन्दको कार्यक्रमलाई सफल बनाउन हिडेका नेपाल कम्युनिस्ट पार्टी लमही नगर ईन्चार्ज जनक,कार्यकर्ताहरू मनोज चौधरी,शोभाराम थापा , नारायण थापा, लोक ब.बि क, जनक के सि , बिष्णु सहित ७ जनालाई लमहीबाट गिरफ्तार गरेको थियो। गिरफ्तार गरिएका सबै नेता-कार्यकर्ताहरु रिहा भएको नेकपा लमही नगर इन्चार्ज जनकले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन।
रिहा भएका नेता-कार्यकर्तालाई नेकपा दाङले रातो अबिर र दोसल्ला सहित सम्मान गरेको थियो।

बन्दको मौका छोपी बिमा रकम कुम्ल्याउन चालक र सह-चालक आफैले टिप्पर जलाए:
नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको मौका छोपी बिमा रकम कुम्ल्याउन टिप्पर चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् ।
उनीहरुले दाङस्थित घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको छ । प्रहरीले गाडी मालिकको खोजी भइरहेको जनाएको छ।

सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव लगायतका नेता-कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार