नेकपाको ऐतिहासिक नवौं महाधिवेशन असोज २५ देखि हुने

डेली न्युजराप्ती       ६ आश्विन २०७९ १९:२३ मा प्रकाशित     401 No Comments


असाेज ६, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन २५ असोजमा कपिलवस्तुमा हुने भएको छ ।

बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका हुन ।

पार्टी प्रवक्ता प्रकाण्डले समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब २५ असोज देखी ३१ सम्म हुने बताए ।

प्रवक्ता प्रकाण्डले ९ औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने पनि बताए । प्रवक्ता प्रकाण्डले महाधिवेशनको सम्पूर्ण तयारी अन्तीम चरणमा रहेको बताउदै बाँकी तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार